तस्बिर : रैनो रिसोर्स सेन्टर
विराटनगर- वन्यजन्तुको आक्रमणमा चालु आर्थिक वर्षमा चितवनमा १० जनाको मृत्यु भएको छ ।
गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिका क्षेत्रमा गैँडा, हात्ती र बाघसँगको सँघर्षमा उनीहरूको मृत्यु भएको हो । निकुञ्जको अनुसार गैँडाबाट आठ जना, हात्ती र बाघबाट एक/एकजनाको मृत्यु भएको छ ।
यस आर्थिक वर्षमा वन्यजन्तुसँघको द्वन्द्वमा १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीबाट दुई जना घाइते भएका छन् ।
निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि र दुई लाख रुपैयाँसम्म सम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्छ।
हालसम्म र ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरुप प्रदान गरिएको निकुञ्जले जनाएको छ । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा उपयोग भएको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जंगली जनावरको आक्रमणमा अकालमा मृत्यु हुन्छ । निकुञ्जभित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूकीकरण गर्न सकिन्छ ।
अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापन लगायत क्षेत्रमा काम गर्दैछ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुन्छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावरले आक्रमण गरेको पाइएको छ ।
निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares