विराटनगर– जनप्रतिनिधिले कर्मचारीलाई कुटपिट गर्ने क्रम नरोकिए पछि सुरक्षाको प्रत्याभूति दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराउन दाङको राप्ती गाउँपालिकाका नौटै वडा कार्यालयका सचिवहरुले पेन डाउन गरेका छन् ।
एमालेबाट निर्वाचित तनहुँको बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार वडा सचिव नवीन भुसाललाई कुटेका थिए । गुरुङले भुसालको घाँटी अठ्याएर मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।
रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खानले पनि सोमबारै कार्यपालिकाको बैठकमा शिक्षा अधिकृत मधुप्रसाद घिमिरेलाई हातपात गरेका थिए । कर्मचारीले यसको विरोधा लगतै कार्यालयको सेवा ठप्प पारेका थिए ।
उनीहरुले दुवै घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कार्यालयमा सुरक्षित वातावरण नबने काममा नफर्कने चेतावनीसमेत दिएका छन् । ‘...सचिवहरुद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौँ, यस किसिमको घटनाको विरोधमा ऐक्यबद्धता प्रकट गर्नुहुन कर्मचारी शुभेच्छुक संघ संगठनलाई हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares