विराटनगर– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई संगठित रूपमा सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश दिएको छ ।
यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई थुनामा पठाउने निर्णय गरेको हो । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पाँचवटा आधार प्रस्तुत गर्दै लामिछानेलाई थुनामा राख्नुपर्ने निष्कर्ष निकालेको छ ।
उपरजिष्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार अदालतले निम्न आधारहरू उल्लेख गरेको छ :
सहकारीको बचत अपचलन : राज्यको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा मानिने सहकारी संस्थामध्ये सुप्रिम सहकारीको बचत अपचलन भएको र लामिछानेको संगठित मिलेमतोमा उक्त रकम गोर्खा मिडियामा आएको आरोपलाई अदालतले गम्भीर रूपमा लिएको छ ।
अनधिकृत ऋण प्रवाह : गोर्खा मिडिया कानुनी व्यक्ति भएकाले ऋण लिन नपाउने भए तापनि लामिछानेको संलग्नतामा ऋण लिइएको देखिएको छ ।
अविश्वसनीय बयान : लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहँदा सहकारीबाट ऋण लिएकोबारे आफूलाई जानकारी नभएको दाबी गरेका थिए । तर अदालतले उनको यो अभिव्यक्तिलाई प्रथम दृष्टिमा नै पत्यारलाग्दो नदेखिएको ठहर गरेको छ ।
ऋण किस्ता फिर्ता : गोर्खा मिडियाले ग्लोबल आईएमई बैंकमा रहेको सुप्रिम सहकारीको खातामा ४० लाख ९२ हजार रुपैयाँ फिर्ता गरेको थियो । ऋण लिँदा थाहा नभएको भन्ने लामिछानेको दाबीलाई अदालतले विश्वास नगरेको र किस्ता तिर्दा थाहा नभएको भन्न नमिल्ने ठहर गरेको छ ।
अनुसन्धान जारी : अनुसन्धानका क्रममा विभिन्न लिखत र प्रमाणहरू फेला परेका छन्, जसमा लेखा कर्मचारीहरूको बकपत्र पनि समावेश छ । अदालतले थप प्रमाण संकलन आवश्यक रहेको भन्दै लामिछानेलाई थुनामा राख्नुपर्ने निर्णय गरेको हो ।
अदालतले सहकारीको रकम अपचलनबाट हजारौं सर्वसाधारण पीडित भएको संवेदनशील परिस्थितिमा न्यायप्रणालीप्रतिको जनविश्वास जोगाइराख्न लामिछानेलाई थुनामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि १३ माघ २०८१ मा जिल्ला अदालत रुपन्देहीले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि व्यक्तिगत रूपमा २ करोड रुपैयाँ ऋण लिएको र गोर्खा मिडियामा थप २ करोड रुपैयाँ ऋण प्रवाह भएको आरोपसहित चार करोड रुपैयाँ विगो मागदाबी गरेको थियो ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares