विराटनगर- देशको विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले भनेको छ ।
झापाको दमक-१ फाल्गुनन्द चोकबाट ५ सय मिलिग्राम खैरो हेरोइन, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय डेक बहादुर थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।
प्रहरीले चितवनको कालिका नगरपालिका-८ मझुवाबाट गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर -१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेको प्रहरीले जनाएको छ । बा.प्र.०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाँकेको नेपालगंज-१५ जमुनाहबाट २ सय ४४ ग्राम चरेस सहित रूकुम पश्चिम आठबिसकोट-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नेपालबाट भारततर्फ पैदल जाँदै गरेकाे बेल उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares