विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस गठवन्धनले जनमुखी काम नगर्दा पछिल्लो समय पश्चगामी तत्वले टाउको उठाउन खोजेको आरोप लगाएका छन् ।
नेकपा एकीकृत समाजवादी मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा उद्घाटन गरेपछि अध्यक्ष नेपालले पुष्पकमल दाहाललाई धोका दिएर बनेको यो गठबन्धनलाई कुटिलको संज्ञा दिएका हुन् । उनले दुई दलीय गठबन्धन सरकारले संविधान संशोधनको नाटक मात्रै गरेको आरोप लगाए । नेकपा एमाले र कांग्रेसको स्वार्थको मेल भएर एमाले–कांग्रेस एक भएको भन्दै सरकारको नियत ठीक नभएको अध्यक्ष नेपालको भनाई थियो ।
वर्तमान सरकार घुसखोरी, भ्रष्टाचारी र दलालको संरक्षणमा लागेको भन्दै सरकारले जनतामा निराशा बाहेक केही दिन नसकेको उनले आरोप लगाए । ‘दल र नेताहरूले त्रुटि, कमजोरीलाई जोगाएर हैन, सुधारेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘वंशनास गर्नेहरूलाई फेरी ल्याएर पुनः दास बन्ने बाटोतिर नलाग्न आग्रह छ ।’
सयौँ वर्ष राजा र राणाले देशलाई लुट्ने, चुस्नेबाहेक कुनै काम नगरेको आरोप लगाउँदै अध्यक्ष नेपालले फेरी जनता यस्तै लुटेरा, हत्याराको पछि किन लाग्नु पर्यो भन्दै प्रश्न गरेका थिए । तीनकुनेमा राजावादीको उदण्डता र समाजवादी मोर्चाको सभाबाट वास्तविकता उजागर भएको बताए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares