विराटनगर– आममान्छे ठगिएको प्रहरीमा दिनहुँ जसो उजुरी परिरहन्छ । ठगको चपेटामा एक/दुई नभएर धेरै प्रहरी परेको सुन्दा आश्चर्य लाग्न सक्छ ।
सशस्त्र प्रहरी बल नेपालका ७ कर्मचारीलाई ठगेको आरोपमा भक्तपुर चाँगुनारायण–२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी दिनेशकुमार आचार्यका अनुसार सापकोटाले सशस्त्र प्रहरी बल नेपालको फर्मड पुलिस युनिट (एफपीयु) मिसनमा पठाइदिने विश्वास दिलाइ रकम ठगेको सूचना प्राप्त हुनासाथ प्रहरीले कारबाही गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं दक्षिणकाली–५ फर्पिङ नाकाबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका सापकोटालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनले ठगेको रकम प्रहरीले खुलाएको छैन ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares