विराटनगर– नेपाल प्राज्ञिक मञ्चले १५ चैतमा भएको तीनकुने हिंसाका सन्दर्भमा काठमाडौंमा बुधबार ‘शान्ति पदयात्रा’ गरेको छ ।
दिवंगत दुई युवा र अन्य घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि पदयात्रा गरिएको हो । प्राज्ञ जगमान गुरुङसहितको सहभागिता रहेको उक्त शान्ति पदयात्रा भद्रकालीमा जम्मा भएर रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म गरिएको थियो ।
यसैबीच उक्त हिंसामा दाजु–बहिनीमाथि गोली प्रहार भएको घटनाप्रति संविधानविद् भिमार्जुन आचार्यले चिन्ता व्यक्त गरेका छन् । उनले उक्त घटनामा सविन महर्जन र सुरेश रजक जस्तो निहत्थाको ज्यान गएको र सोही क्रममा दाजु–बहिनीः दिनेश र रेविका खत्रीमाथि प्रहरीले गोली चलाएको विषयमा चिन्ता व्यक्त गरेका हुन्।
साथै उनले मानव अधिकार आयोगको औचित्यबारे प्रश्नसमेत उठाएका छन्। ‘राज्यको आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र जिउँदा मान्छे भन्ने सबै नराम्रोसँग चुक्यौं,’ सामाजिक सञ्जालमा उनी लेख्छन्,’ राष्ट्रिय मानव अधिकार आयोगको त अब रहनु र नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन ।’
उनको सो स्टाटस राखेको केही समयमै फेसबुकबाट हटेको छ । उक्त स्टाटस हट्नुमा राज्यको अघोषित सेन्सरसिपको आशंका पनि गरिएको छ । ‘मेरो भर्खरैको स्टाटस् फेसबुमा सिन छैन । लोकतन्त्रको कार्यान्वन सुरू भए जस्तो छ,’ स्टाटस हटेपछि उनले लेखेका छन् ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares