विराटनगर– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज ३ सय जनाले ताप्लेजुङको फुङलिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रामा सहभागि जनाएका छन् । पदयात्रामा अध्यक्ष महतो, पार्टी नेता रमन पाण्डेय, अनुप सुब्बा, सीएम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी र बेबी राज भण्डारीलगायत स्थानीय नेता–कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका सामेल थिए ।
मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु यस पदयात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले भनेको छ । यो परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएको अध्यक्ष महतोले बताए । उनले भने,‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने गतिविधि कुनै पनि हालातमा सह्य हुने छैन । केबलकार निर्माण कार्य बन्द नभए सम्म हाम्रो संघर्ष जारी रहनेछ ।’ नेपाल सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेको उनले बताए । राज्यले आफूहरूको आवाज नसुनेमा आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी महतोले दिएका छन् ।
केबलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा रहेकाले स्थानीयहरू चिन्तित छन् । केबलकार परियोजनाको कार्यान्वयनले पर्यटन प्रवद्र्धन गर्न सक्ने सम्भावना रहे पनि त्यसले पहिचान मेटिने गरी स्थानीय संस्कृति र सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयवासीहरू आक्रोशित छन् । यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केबलकार परियोजनाको विरोधमा स्थानीय तथा राष्ट्रिय नेताहरूलाई एकजुट देखाएको छ । नेपाल सरकारलाई परियोजना रोक्न अनुरोध गर्दै स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न विरोध पदयात्राका सहभागिहरुले आग्रह गरेका छन् ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares