काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हाल भइरहेको विरोध प्रदर्शनलाई लिएर अनावश्यक त्रास फैलाइएको बताएका छन् । उनले ललितपुरमा आयोजित आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उदघाटनमा विरोध र जुलुसहरूको सधैंको परिपाटीलाई सामान्य घटनाका रूपमा प्रस्तुत गरे ।
ओलीका अनुसार नेपालमा स–साना विरोध र जुलुसहरू सधैं हुन्छन् । यस बारेमा विदेशी दूतावासले गरेको प्रचारको कुनै आधार छैन । ‘एक दूतावासले अनावश्यक रूपमा सूचना जारी गरेर त्रास फैलाएको छ यसमा कुनै वास्तविकता छैन । नेपालमा कुनै पनि बेला जुलुस निस्कन सक्छ तर यसलाई ठूलो डरको रूपमा प्रस्तुत गर्नु अनावश्यक प्रचार मात्र हो,’ ओलीले भने ।
समाजवादी मोर्चा र राजावादी समूहले शुक्रबार प्रदर्शन गर्ने योजनामा छन् । स्थानीय प्रशासनले यी समूहलाई भृकुटीमण्डप र कोटेश्वरमा सभा गर्न अनुमति दिएको छ । प्रधानमन्त्री ओलीले यस घटनालाई लिएर अनावश्यक प्रचार गरिएको बताएका छन् । ‘नेपालमा १०–१५ हजारको जुलुस सधैं निस्किरहेको छ । यसलाई तिललाई पहाड बनाउन आवश्यक छैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले यस्ता साना विरोध र प्रदर्शनहरूलाई नजरअन्दाज गर्दै देशको विकास र प्रगति तर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘यहाँ कुनै ठूलो घटना हुने छैन । जुलुस निस्किएर सभा हुनेछ । त्यो सामान्य कुरा हो । तर यहाँ हल्ला फैलाउने, त्रास र आतंकको महौल बनाउने काम भइरहेको छ,’ उनले थपे ।
नेपालमा भइरहेको राजनीतिक गतिविधिहरूको बारेमा प्रधानमन्त्रीको यो प्रतिक्रिया जनतामा असमझदारीको स्थिति उत्पन्न भएको देखिन्छ । यसमा सरकारको स्थिरता र देशको प्रगति बीचको सन्तुलन महत्वपूर्ण मानिएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares