काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिने र दिने विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कास्कीको पोखरा–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछाने र स्थानीय दिनेश लामिछानेविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो । जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको उनीहरूमाथि आरोप छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार वडासचिव लामिछानेले दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि भएको छ । वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ । दुवैमाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares