विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको दुई दिने राष्ट्रिय सम्मेलन विरेन्द्रसभा गृहमा शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् ।
उपप्रमुख कार्कीले यो सम्मेलनबाट उपप्रमुख तथा उपाध्यक्षहरुको क्षमता विकास हुने, योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन, न्यायिक निरुपणमा सहजता ल्याई सेवा प्रवाह प्रभावकारी हुने, असल अभ्यासहरुको आदानप्रदान, विराटनगर घोषणा पत्र जारी गरी अस्पष्टता र बाझिएका कानुनहरु संशोधनका लागि दिएका सुझावहरु कार्यान्वयन भै थप अधिकार प्राप्त हुने बताएकी हुन् ।
यस्तै, अन्तरस्थानीय तहबीच आपसी सद्भाव र समन्वय कायम भई स्थानीय सरकारका साझा मुद्दाहरुमा एकजुह हुने, न्यायिक समितिका पदाधिकारीहरुबीच नियमित सम्पर्क, समन्वय, सहकार्य हुनुका साथै कार्य सम्पादनमा एकरुपता कायम हुने उपप्रमुख कार्कीले बताइन् । उपप्रमुख कार्कीले सम्मेलनको अध्यक्षता विराटनगर महानगर अध्यक्ष नागेश कोइरालाले गरेकोबाट महानगरमा प्रमुख र उपप्रमुखबीचको सुमधुर सम्बन्ध रहेको देखिएकोले सबै पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षबीच यस्तै सम्बन्ध कायम रहोस् भन्ने कामना गरेको बताइन् ।
सम्मेलनमा न्याय प्रणाीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा। गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको हो ।
सहभागी उपप्रमुख तथा उपाध्यक्षहरुले समूह छलफल गरेर पालिका सञ्चालनमा देखिएका समस्या तथा समाधानका उपायहरुको बारेमा प्रस्तुति दिने र सम्मेलनको अन्तिम दिन उपप्रमुख तथा उपाध्यक्षहरुको विराटनगर सम्मेलनको घोषणा पत्र जारी गरेर समापन हुने महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares