विराटनगर– बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई दाजुभाइको मृत्यु भएपछि स्थिति अझै शान्त भएको छैन । आक्रोशित स्थानीयको प्रदर्शन जारी रहँदा प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नु परेको छ।
स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदै गर्दा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा अध्ययनरत थिए । दुर्घटनापछि स्थानीयले आक्रोशित हुँदै ट्यांकरमा आगो लगाएका थिए जसले गर्दा ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
ट्यांकर चालकलाई लुकाएको आरोप लगाउँदै स्थानीयले बेतहनी प्रहरी चौकीमा समेत आगजनी गरेका छन् । आगजनीका कारण प्रहरी चौकी पूर्ण रूपमा ध्वस्त भएको छ भने प्रहरीका मोटरसाइकलहरू समेत जलेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी निरीक्षक यमबहादुर मल्लका अनुसार स्थानीयको आक्रोश नियन्त्रण गर्न बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर खत्री स्वयं घटनास्थल पुगेका छन् ।
घटनास्थलमा उपस्थित सई मनी लामिछानेका अनुसार ‘मुश्किलले ज्यान जोगाइएको’ अवस्था थियो । आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेपछि केही राउण्ड हवाई फायर गरिएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनालगत्तै ट्यांकर चालक, राप्ती सोनारी गाउँपालिका–४, पर्सरामपुर निवासी २२ वर्षीय कर्णबहादुर बुढालाई भीडले कुटपिट गरेको थियो । कुटपिटका कारण उनको अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
चालकलाई जोगाएर प्रहरीले नेपालगञ्जस्थित जिल्ला प्रहरी कार्यालय बाँके पु¥याएको छ । प्रहरीका अनुसार चालक बुढाले ‘अचानक बच्चाहरू अगाडि आएको’ र ‘ब्रेक नलागेको’ भन्दै दुर्घटनाबारे बयान दिएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । स्थानीय प्रशासनले सबै पक्षलाई शान्त रहन आग्रह गरेको छ । यद्यपि आक्रोशित भीडले मृतक बालकहरूको शव उठाउन अस्वीकार गरिरहेकाले स्थिति अझै संवेदनशील देखिएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares