२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

माइतीघर–नयाँ बानेश्वर सडक खाली गर्न सार्वजनिक यातायात महासंघको चार दिने अल्टिमेटम

द नेप्लिज संवाददाता
१५ वैशाख २०८२, सोमबार

काठमाडौँ — सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडक खाली गराउन चार दिनको ‘अल्टिमेटम’ दिएको छ । शिक्षक आन्दोलनका कारण सडक बन्द हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो ।

महासंघका महासचिव भरत नेपालले आउँदो बिहीबारसम्म सडकमा निर्बाध रूपमा सार्वजनिक यातायात सञ्चालन हुने वातावरण बनाउन माग गरेका छन्। उनले भने, ‘हामीले काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं, तर अहिलेसम्म कुनै जवाफ आएको छैन । सडक अवरोध र यातायात व्यवसायीका अन्य समस्या पनि छन्।’

नेपालका अनुसार गत शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाइएको थियो । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २७ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन्। शिक्षक आन्दोलनका कारण माइतीघर–नयाँ बानेश्वर क्षेत्रको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।
 

प्रकाशित : १५ वैशाख २०८२, सोमबार 12:15

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved