२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

राप्रपाद्वारा निषेधित क्षेत्र तोड्ने चेतावनीपछि काठमाडौँमा कडा सुरक्षा व्यवस्था

द नेप्लिज संवाददाता
७ वैशाख २०८२, आइतबार

फाइल तस्बिर

Advertisement

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्दैछ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको प्रदर्शनका लागि राप्रपाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिएको छैन । 

आफूलाई राष्ट्रप्रति जिम्मेबार दल दाबी गर्ने उसको यो हर्कतको भुइँमान्छे माझ चर्को आलोचना भइरहेको छ । ‘सत्तामा नपुग्दै यस्तो, पुगे पछि कस्तो ?,’ भनेर फेसबुकमा एक महिला लेखेकी छन्,‘मलाई पनि प्रदर्शनमा सामेल हुने मन्थ्यो तर राप्रपाको गतिविधि शंकास्पद देखियो, यसले राजावादी आन्दोलनमा जनसमर्थन ओरालो लाग्छ ।’

यता प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि सुरक्षा निकाय सतर्क बनेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको विभिन्न निषेधित क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परिस्थिति अराजक बनाउन खोजिएमा अवस्था हेरेर स्वविवेकीय निर्णयमा गोली हान्न निर्देशन दिइएको सुरक्षा स्रोतले जनाएको छ । गृहस्रोतका अनुसार बंगलादेश जस्तै देशको अवस्था अस्तव्यस्त पारेर नारायहिटी दरबार कब्जाको रणनीतिमा राप्रपा देखिएकोले फिल्डमा तैनाथ सुरक्षा अधिकृतहरुलाई यस पटक विशेषाधिकार प्रदान गरिएको हो ।  

कार्यालयका प्रमुख एसएसपी शेखर खनालले जिल्ला सुरक्षा समितिबाट पारित योजनाअनुसार प्रतिकारात्मक सुरक्षा व्यवस्था लागू गरिएको जानकारी दिए । ‘निषेधित क्षेत्रमा हामीले सुरक्षाकर्मीको संख्या उल्लेखनीय रूपमा बढाएका छौँ,’ खनालले भने, ‘संवेदनशील क्षेत्रहरूमा विशेष सतर्कता अपनाइएको छ ।’

राप्रपाका कार्यकर्ताहरू भद्रकाली, बबरमहल र बालुवाटार क्षेत्रमा भेला भइरहेका छन् । प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बललाई ‘ब्याकअप फोर्स’को रूपमा तयारी अवस्थामा राखिएको छ भने राष्ट्रिय अनुसन्धान विभागमार्फत सूचना संकलनमा पनि सक्रियता बढाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालनमा राखिएको जानकारी दिए । ‘सुरक्षा रणनीति अनुसार निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गरिनेछ,’ उनले भने । 

काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले सम्हाल्नेछन् । कार्य सम्पादन, सुक्षबुझ र निर्णय क्षमतामा कमजोर भएका एसपी अधिकारीलाई यो जिम्मेबारी दिएकोमा फिल्डमा खटिएका कनिष्ठ प्रहरी अधिकृतहरुले असन्तुष्टि जनााएका छन् । ‘उनी दोधारे नीतिका छन्, यस्तो संवेदनशील बेलामा निडर भएर निर्धक्क निर्णय लिने कमाण्डर चाहिन्छ,’ फिल्डमा तैनाथ एक प्रहरीले द नेप्लिज डट कमलाई भने । 
 

प्रकाशित : ७ वैशाख २०८२, आइतबार 09:26
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved