२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

विद्यार्थी भिसाको नाममा ६१ लाख ठग्ने दुई युवक पक्राउ

द नेप्लिज संवाददाता
२० वैशाख २०८२, शनिबार

विराटनगर– विद्यार्थी भिसाको प्रक्रियामा बैंक स्टेटमेन्ट देखाउनुपर्ने बहाना बनाइ ६१ लाख रुपैयाँ ठगेको आरोपमा दुई युवकलाई काठमाडौँको सुन्धाराबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा–२ का २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा–४ का १८ वर्षीय प्रिन्स कुमार  छन् ।

प्रहरीका अनुसार उनीहरूले अमेरिका जान विद्यार्थी भिसा प्रक्रियामा एक दिनका लागि बैंक खातामा ६१ लाख रुपैयाँ देखाउनुपर्ने भन्दै पीडितलाई प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाएका थिए। रकम प्राप्त गरेपछि उनीहरूले सम्पूर्ण रकम विभिन्न व्यक्तिहरूको खातामा रकमान्तर गरी सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हाल उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।
 

प्रकाशित : २० वैशाख २०८२, शनिबार 17:09

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved