अछाम — चैते दशैंको अवसरमा खसीको मासु खाँदै गर्दा अछामका एक पुरुषको ज्यान गएको छ । साँफेबगर–५ नवाठानाका ४२ वर्षीय डम्मर कुँवरको घाँटीमा मासु अड्किएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार शनिबार गाउँमा काटिएको खसीको मासु पकाएर खानेक्रममा कुँवरको घाँटीमा मासुको टुक्रा अड्किएको थियो । सास फेर्न गाह्रो भए पछि उनी बेहोस भएका थिए ।
परिवारजन र स्थानीयले तत्कालै उनलाई न्याय हेल्थ अस्पताल, बयलपाटा पु¥याए पनि उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
नेपालमा मासु खाँदा घाँटीमा अड्किएर मृत्यु हुने घटनाहरू विगतमा पनि भएका छन् । चिकित्सकहरू यस्तो अवस्थामा तुरुन्त प्राथमिक उपचारको ज्ञान र उपलब्धताले ज्यान जोगाउन सक्ने बताउँछन् ।
‘हाइमलिक मनोवर’ जस्तो आपतकालीन विधि आम नागरिकले सिक्न सके यस्तो दुर्घटनाबाट बच्न सकिन्छ भन्ने सन्देश यो घटनाले दिएको छ । हाइमलिक मनोवर भनेको कसैको श्वास नलीमा खाद्यान्न वा अन्य वस्तु अड्किएको अवस्थामा पेटमुनि बलपूर्वक थिचेर निकाल्ने उपाय हो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares