विराटनगर– सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र–१ स्थित बराहक्षेत्र मन्दिर नजिकैको झाडीमा लुकाइ अर्को स्थानमा लैजान लागेको १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय दीपक राई र धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ५७ वर्षीय धनबहादुर राई छन् ।
सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका–७ थानगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित धनकुटा साँगुरगढी गाउँपालिका–९ बस्ने २२ वर्षीय सलिन राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीलाई देख्नासाथ को.३७ प ८६३१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको र को.प्र.१–०२–०४३ प ३०६३ नम्बरको मोटरसाइकल चालक सलिनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार तलासी गर्दा दुवै मोटरसाइकलमा रहेको २ वटा बोरा र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार अर्को मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares