काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित प्रमुख मुद्राहरूको भाउमा सामान्य वृद्धि देखिएको छ।
एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको खरिद र बिक्री दुवै दरमा एक–एक पैसा वृद्धि भएको हो। बुधबार खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो।
यस्तै युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा तोकिएको छ। बेलायती पाउन्डको खरिददर १८३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८४ रुपैयाँ १७ पैसा पुगेको छ।
स्वीस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, भारतीय रुपैयाँ लगायत अन्य मुद्राहरूको विनिमय दरमा पनि सामान्य उतारचढाव देखिएको छ।
राष्ट्र बैंकले जारी गरेको विनिमय दर सूचि अनुसार, एक सय भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।केन्द्रीय बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares