विराटनगर– सुनसरीको धरान–६ स्थित पञ्चकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या श्रीमान् प्रेम दाहालको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका प्रेम दाहालले श्रीमतीको हत्या गराउन भारु पाँच लाख रुपैयाँमा सुपारी दिएका थिए । उनले पहिले नै ३० हजार रुपैयाँ अग्रिम रूपमा बुझाएका थिए भने बाँकी रकम हत्या सम्पन्न भएपछि दिने सर्त रहेको बताइएको छ । हत्याका लागि भारतबाट एक व्यक्ति नेपाल आएका थिए ।
गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार मृतका परिवारका सदस्यहरु सहित हत्यामा ६ जना संलग्न रहेको देखिएको छ ।
प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतमा म्याद थप गरिएको छ । हत्याका कारण र पक्राउ परेकाहरूको पहिचान भने आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराइने बताइएको छ ।
चुनुकुमारी धनकुटाको महालक्ष्मी–२ की स्थायी हुन् । करिब दुई वर्षदेखि छोरालाई पढाउनका लागि सुनसरीको इटहरी–२, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । उनका माइतीजन महालक्ष्मी नगरपालिका–१ मा बस्छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares