विराटनगर-- काठमाडौंको तिनकुनेमा शुक्रबार राजावादी प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
तीमध्ये कोटेश्वरको एउटा भीडीओ विशेष रूपमा चर्चा भइरहेको छ। उक्त भिडिओमा एक जना पुरुषले पेस्तोल निकालिरहेको देखिन्छ भने अन्य व्यक्तिहरू लाठीसहित देखिन्छन् । यसले ती व्यक्तिहरू प्रदर्शनकारी हुन् कि होइनन् भन्ने चासो सिर्जना गरेको छ।
तर ती व्यक्ति प्रदर्शनकारी नभएर प्रहरी नै भएको खुलेको छ। उनीहरू लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी भएको पुष्टि भएको छ। ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीले एउटा अपरेशन पूरा गरी फर्किंदै गर्दा प्रदर्शन उग्र बनेपछि केही प्रदर्शनकारी कोटेश्वरका भित्री गल्लीमा पसेका थिए।
एसपी अधिकारीका अनुसार प्रदर्शनकारीहरूले बाटो अबरुद्ध गरेपछि सिभिल पोशाकमा रहेका प्रहरीहरू उनीहरूलाई रोक्न प्रयास गरेका थिए। तर केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरे।
'आफ्नै सुरक्षाका लागि ती अधिकारीले पेस्तोल निकालेका हुन् तर फायर खोलेका थिएनन्,' एसपी अधिकारीले भने।
राजावादी प्रदर्शनका क्रममा थुप्रै सवारीसाधनमा आगजनी गरिएको थियो। बालकुमारीमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारको गाडी तथा जडिबुटी औषधि प्रशोधन केन्द्रका आठ वटा गाडी प्रदर्शनकारीहरूले जलाएका थिए।
यस घटनामा संलग्न १ सय ५ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूमाथि के कस्तो कानुनी कारबाही अघि बढाउने भन्नेबारे छलफल भइरहेको छ।
राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्। राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल लगायत भने पक्राउ परिसकेका छन्।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares