काठमाडौं– नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको स्पष्ट पारेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले दिउँसो २ बजेर ५४ मिनेट तिर अवस्था नियन्त्रण बाहिर जान थालेपछि गोली चलाउनुपरेको जानकारी दिए।
डीआईजी आचार्यले भने, ‘सबै उत्तेजित भिडका कारण भएको घटना हो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो ।’
प्रदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले व्यक्ति लक्षित ५८ राउण्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको बताएको छ । प्रहरीका अनुसार गोली लागेर १८ पुरुष र दुई महिला घाइते भए ।
प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको तत्काल मृत्यु भएको थियो । प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
स्थिति अनियन्त्रित हुन थालेपछि १९२ पटक हवाई फायर गरेको र भीड नियन्त्रणका लागि ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले स्वीकारेको छ । रेविका, उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको भन्दै प्रहरीेले आत्मालोचना गरेको छ ।
यसअघि पनि विभिन्न स्थानहरूमा प्रहरीले भिड नियन्त्रणका लागि बल प्रयोग गरेको घटनाहरू भएका छन् । उदाहरणका लागि मंसिर २८ मा बाराको सिम्रौनगढमा झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो । तीनकुने घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares