विराटनगर– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसपाली नवलपुर कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका चारजोडी जुम्ल्याहा विद्यार्थी सहभागी भएका छन् ।
सिद्धार्थ आवासीय माविबाट परीक्षा दिने ८४ जना परीक्षार्थीमध्ये ४ जोडी जुम्ल्याहा छन् । ती विद्यार्थीहरूमा कावासोती–२ का रिया र रितीमा सापकोटा, कावासोती–८ का राम र लक्ष्मण अधिकारी, कावासोती–३ का साइमन र सक्षम गुरुङ तथा कावासोती–३ कै रष्टिका र युनिका क्षेत्री रहेका छन् ।
उनीहरूको परीक्षा केन्द्र शिव नमुना माध्यमिक विद्यालयमा तोकिएको छ । परीक्षा सुरु हुने पहिलो दिन परीक्षाका लागि प्रवेशपत्र जाँच गर्दा शिक्षकहरू पनि अलमलिएका थिए । यी चारजोडी जुम्ल्याहा विद्यार्थी बाल्यकालदेखि नै एकअर्काका मिल्ने साथी पनि हुन् ।
‘एउटै विद्यालयमा जुम्ल्याहा विद्यार्थी अध्ययन गरेको त देखिएकै हो, तर एउटै कक्षामा चारजोडी जुम्ल्याहा विद्यार्थी हुनु दुर्लभ नै मान्नुपर्छ,’ सिद्धार्थ आवासीय माविका प्रधानाध्यापक भोजराज दाहालले भने, ‘सानैदेखि हाम्रो विद्यालयमा अध्ययन गरिरहेका यी विद्यार्थीहरू अनुशासित र अध्ययनमा अब्बल छन् ।’
रष्टिका र युनिकाका आमा पुष्पा क्षेत्री दुई छोरीले एकसाथ एसईई परीक्षा दिइरहेकोमा खुसी छिन् । ‘मेरा छोरीसहित अन्य तीन जोडी जुम्ल्याहाले पनि एसईई दिइरहेका छन् । सामाजिक सञ्जालदेखि जताततै उनीहरूको चर्चा भइरहेको छ,’ उनले भनिन्, ‘छोरीहरूले उत्कृष्ट अंक ल्याएर इच्छाअनुसारको विषय अध्ययन गर्न पाऊन् भन्ने मेरो चाहना छ।’
पूर्वी नवलपरासीमा चैत ७ देखि सुरु भएको एसईई परीक्षामा नियमिततर्फ ५,८२६ तथा ग्रेड वृद्धितर्फ ६५६ विद्यार्थी सहभागी छन्। तीमध्ये छात्रा ३,२४७ र छात्र ३,२३५ जना छन्। परीक्षामा ८६ सामुदायिक तथा संस्थागत विद्यालयका साथै ५ गुरुकुल, ८ प्राविधिक धारका विद्यालय र १ खुला विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares