काठमाडौं– गृह मन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित ११ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बुधबार उनीहरूको सरुवा गरिएको हो ।
गृह मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार, निम्न सहसचिवहरू प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन्:
दिलकुमार तामाङ – कपिलवस्तु
भविश्वर पाण्डे – नवलपरासी (पूर्व)
कुमानसिंह गुरुङ – बागलुङ
प्रेमप्रसाद लुइटेल – उदयपुर
आनन्द सारु – अछाम
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्याललाई गृह मन्त्रालय तानिएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई पनि मन्त्रालयमै सरुवा गरिएको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। उनी उपसचिव तहका अधिकारी हुन् । गृह मन्त्रालयका जगदीश्वर उपाध्यायलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। गृह मन्त्रालयले प्रशासनिक व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाउन र स्थानीय प्रशासनलाई प्रभावकारी बनाउन सरुवाहरू गरिएको जनाएको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares