विराटनगर– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा संचालित ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा दशरथ रंगाशालामा एमालेको सहयोगी संस्था राष्ट्रिय युवा संघका कार्यकर्ताले दर्शकलाई कुटेको खुलासा भएको छ । आफ्ना अध्यक्षको विरोध गरेको अनुमानकै भरमा उनीहरुले दर्शक माथि आक्रमण गरेको सामाजिक सञ्जालमा पोस्टिएका तस्बिर र भिडियोमा देखिन्छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको श्रव्य÷दृश्यमा फलामको रेलिङ नाघेर एक युवा भएको ठाउँमा पुगेर युवा संघका कार्यकर्ता आक्रोशित हुँदै लाती प्रहार गरेको देखिन्छ । रातो खाता लगाएका र गलामा आइडी भिरेकाहरुको आक्रमणमा परेका युवाले ’बोल्न पनि पाइँदैन’ भन्दै प्रतिवाद गर्न खोजेको देखिन्छ । तर असभ्य शब्द प्रयोग गरिरहेका युवा संघका कार्यकर्ताले ती युवकको कठालोमा समातेको देखिन्छ ।
रंगशालाभित्र दर्शक कुटिंदा पनि नजिकै उभिएका प्रहरी टुलुटुलु हेरिरहेको देखिन्छ । प्रहरीले उल्टै कुटाइ खाइरहेका युवातर्फ हात तेस्र्याएको भिडियोमा देखिन्छ । ओलीविरुद्ध बोलेकै कारण एमाले कार्यकर्ताको हर्कतको चर्को विरोध भइरहेको छ ।
सामाजिक सञ्जालमा ‘नेतृत्व गतिलो भए पो कार्यकर्ता गतिला बन्ने,’ ‘केपीका झड्केला पुत्रको करामत ! निभ्न लागेको दियो चम्किएको हो,’ ‘वैदेशिक ऋण लियो, गुन्डा पाल्यो, जनता कुट्न लगायो, क्या मोज छ है’, जस्ता लगायतका व्यङ्यले भरिएको छ ।
उक्त प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच सोमबार फाइनल खेल हुँदै थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक भरिएका थिए । खेल शुरु हुनै लाग्दा आफ्नै नामको प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए । सधैँ झै उनलाई देख्नबित्तिकै समर्थकले हुटिङ गरे । रंगशालाको माहोल राम्रै थियो ।
खेल चलिरहँदा पश्चिमतर्फको दर्शकदीर्घाका युवकहरु कानेखुशी गर्दै थिए । पछाडि बसेका एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले त्यसलाई आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर्न खोजेको अर्थमा बुझेर एकाएक आक्रमणमा उत्रिएको एक प्रत्यक्षदर्शीेले बताए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares