विराटनगर- गृहमन्त्री रमेश लेखकले आजदेखि दुई महिनाभित्र तस्करी नियन्त्रणकाे प्रत्याभूति गराउने प्रतिबद्धता जनाएका छन् । माेरङ उद्याेग व्यापार संघले मंगलबार आयाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री लेखकले भने, ´६० दिनभित्र देखिने गरी तस्करी नराेकिए जिम्मेवार व्यक्तिलाई कारवाही हुन्छ ।`
उनले तस्करी गरेकाे मालसामान जाेसुकैले ल्याए पनि उद्याेगी व्यवसायीकाे नै गाेदाममा राख्ने गरेकाेले उद्याेगी व्यवसायीलाई सचेत रहन आग्रह गरेका हुन् । ´यदी तस्करीकाे समान भएकाे गाेदाम छ भने सचेत भइहाल्नुहाेस्,` मन्त्री लेखकले भने, ´तस्करी गर्ने जाेसुकै भए पनि गाेदाम त उद्याेगी व्यवसायी कै हुन्छ र अन्यकाे भए त्याे पनि खाेजाैँला ।` हामी सबै मिलेर तस्करी नियन्त्रण गरेर भन्सार असुली वृधि गर्नुपर्ने उनकाे भनाइ थियाे ।
मन्त्री लेखकले विराटनगरमा बुधबार आयाेजना भइरहेकाे काेशी प्रदेशस्तरीय सुरक्षा गाेष्ठीमा पहिलाे प्राथमिक्ताका साथ तस्करी नियन्त्रणकाे विषय उठाउने बताएका हुन् । ´तस्करीले सीमावर्ति नेपाली बजारकाे व्यापार मात्रै प्रभावित हुँदैन, लागूअैाषध काराेबार, महिला तथा बालबालिका बेचबिखनलगायत सुरक्षा चुनाैति बढ्ने देखिन्छ,` उनले भने, ´तस्करीकाे विषयमा यति धेरै गहिराे जानकारी पहिलाे पटक प्राप्त भएकाेले आजदेखि ६० दिन असार ३० गतेसम्ममा तस्करी नियन्त्रण भएकाे प्रत्याभूति हुने गरि काम गर्छु ।` अहिलेसम्म मन्त्रालयमा चालू महिनामा गत वर्ष उठेकाे भन्सार र सुरक्षाकर्मीले बरामद गरेकाे मालसामानमा वृधि हुनुपर्ने मात्रै नीति रहेकाेमा याे छलफलले तस्करी नियन्त्रणकाे काम सुरू भएकाे मन्त्री लेखककाे भनाइ थियाे ।
´विराटनगर राजनीतिसँगै उद्याेग व्यापार क्षेत्रमा मार्गनिर्देश गर्दै आएकाे छ,` उनले भने, ´राजनीतिक, अैाद्याेगिक र व्यापारिक दृष्टिकाेणले सचेत विराटनगरकाे विचार देशभरि प्रवाह हुन्छ ।` उनले सुरक्षा बैठकमा भारतबाट आउने पर्यटक बाेकेकाे भारतीय नम्बरकाे गाडीकाे ट्राफिक प्रहरीले रकम असुल्न दुःख दिइरहेकाे विषय पनि प्रमुखताका साथ उठाउने प्रतिबद्धता जनाएका हुन् ।
दैनिक उपभाेग्य वस्तुकाे भन्सार दर घटाउने विषय मन्त्रिपरिषद्मा गम्भीरताका साथ छलफल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । चेक बाउन्सकाे विषयमा प्रहरीले हेर्न मिल्ने वितीय अपराधकाे विषय हेर्नका लागि सिआईबीभित्र छुट्टै इकाई गठन गरेकाे मन्त्री लेखकले जानकारी गराएका हुन् ।
कार्यक्रममा माेरङ उद्याेग व्यापार संघका अध्यक्ष अनुपम राठी, बरिष्ठ उपाध्यक्ष नन्दकिशाेर राठी, उद्याेगीहरू नवीन रिजाल, महेश जाजु, परी संघ काेशी अध्यक्ष पवन शारडा, विकास वेगवानीलगायतले दैनिक उपभाेग्य सामग्रीकाे अत्यधिक भन्सार दरले सीमावर्ति क्षेत्रमा भइरहेकाे चाेरी तस्करीका कारण नेपाली बजारमा व्यवसाय ठप्प हुनुका साथै सरकारले अर्बाैँ राजश्व गुमाइ रहेकाे गुनासाे पाेखेका थिए ।
अध्यक्ष राठीले अबैध चाेरी पैठारीले समाजमा विकृति बढ्नुका साथै असुरक्षासमेत बढाएकाेले तत्काल नियन्त्रणकाे माग गरेका थिए । उनले चाेरी तस्करीले राजश्व गुम्नुका साथै व्यापार र व्यापारी समेत गुमाइरहेकाे बताएका हुन् । चेक वाउन्सकाे मुद्दालाई प्रभावकारी कार्यान्वयनका लागि अध्यक्ष राठीले मन्त्री लेखककाे ध्यानाकर्षण गराएका थिए ।
परी संघ काेशी अध्यक्ष पवन शारडाले चिनीमा ५० प्रतिशत राजश्व लगाएकाले नेपाली उपभाेक्ता सस्ताेमा खरिद गर्न सीमावर्ति भारतीय बजार जान बाध्य भएकाे बताएका हुन् । ´मुलुकमा उद्याेगी व्यवसायी मैत्री वातावरण नभए पलायन हुन बाध्य हुन्छाैँ र यहाँबाट पैसा लग्न कसैले राेक्न सक्दैन,` उनले भने, ´हामीलाई यहाँबाट बाहिर एफडीआई मार्फत सरकारले पैसा लग्न नदिए चाेर बाटाेबाट लगिहाल्छाैं ।`
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares