काठमाडौं — चैत १५ मा आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला फालिएको तथा भौतिक संरचनामा क्षति पुर्याइएको भन्दै काठमाडौं महानगरपालिकाले निर्मल निवासमा बस्ने ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले शनिबार शाहको नाममा जरिवाना पत्र पठाएको जानकारी दिएको छ । उक्त पत्रका अनुसार काठाडौं–३२, तीनकुनेमा आयोजित कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला फालिएकाले फोहोरमैला व्यवस्थापन ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिन्छ ।
यसका साथै सोही दिन तीनकुने क्षेत्रमा आयोजित कार्यक्रमबाट रुख, विरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आईल्याण्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यसैगरी बालकुमारी क्षेत्रमा फोहोरमैला फालिएको भन्दै एक लाख, जडिबुटी क्षेत्रमा एक लाख, तीनकुनेमा जथाभावी फोहोर गरेको आरोपमा एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।
महानगरको पत्रमा उल्लेख भए अनुसार तीनकुनेमा आयोजित कार्यक्रमका क्रममा भवनमा आगजनी भएको खबर प्राप्त हुनासाथ महानगरको न्युरोड बारुणयन्त्र दकमलसहित पुगेको थियो । आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा सहभागी व्यक्तिहरूले दकमलमाथि ढुंगामुढा गरी क्षति पुर्याएकोले क्षतिपूर्तिबापत एक लाख ३० हजार रुपैयाँ जरिवाना गरिन्छ ।
त्यसैगरी कोटेश्वर र महादेवस्थान क्षेत्रका सडक तथा सडकपेटीमा फोहोर फालिएको भन्दै एक÷एक लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरले तीनकुनेको आन्दोलनका क्रममा निजी भवनमा भएको आगजनी र निजी सम्पत्तिमा भएको क्षति आफ्नो क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares