विराटनगर– एमाले निकट विद्यार्थीहरुबाट कुटिएका प्रहरीलाई कारबाही गर्ने तयारी अनुसार छानबिन थालिएको छ । काठमाडौंको ठमेलमा ड्युटिमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटपिटबाट घाइते भएका थिए ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक भए पछि नागरिक समाजबाट दबाब बढेसँगै घटनामा संलग्न नेता–कार्यकर्ता कारबाहीको दायरामा आएका छन् । तर त्यो भिडिओ कसले, कसरी र किन सार्वजनिक गर्यो भन्दै काठमाडौँ प्रहरी परिसरले छानबिन गरिरहेको छ ।
घम्साघम्सीको भिडिओ बाहिरिए पछि सामाजिक सञ्जाल, सञ्चार माध्यमदेखि संसद्सम्म यो विषयले महत्व पाएको थियो । यो प्रकरणले सरकार माथि दबाब बढे पछि उन्मुक्ति दिइएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी पनि पक्राउ परेका थिए । जानकारहरुका अनुसार सीसीटीभी फूटेज नभएको भए उनीहरु पक्राउ पर्दैन्थे । सत्ताको इशारामा हिंडने प्रहरीभित्रको एक खेमाको चलखेलका कारण त्यही भिडिओलाई लिएर परिसरले अहिले पीडित प्रहरी माथि छानबिन गरिरहेको छ ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय हुँदै लिखित निर्देशन आएपछि छानबिन गर्नुपरेको हो । अनेरास्ववियुका स्थायी कमिटी सदस्य जोशीको समूहले २४ माघको राति ठमेलमा प्रहरी हवल्दार चौधरी र जवान विष्टलाई आक्रमण गरेको थियो ।
अर्कोतिर जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार प्रहरी माथि आक्रमण समूहको मुखिया जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।
यही प्रकरणमा माघ २७ मा जोशीका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको थियो । तीन अझै फरार छन् । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares