काठमाडौँ – आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यो बैठकले नेपालको समसामयिक कानूनी र आर्थिक विषयवस्तुमा महत्वपूर्ण छलफल र निर्णय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् । यस प्रतिवेदनले भन्सार प्रशासन र यसको कार्यप्रणालीमा सुधारका लागि नयाँ कानूनी प्रावधानहरूको प्रस्तुति गर्ने अपेक्षा गरिएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची राखेका छन् । यस विधेयकमा नेपालको विभिन्न कानूनी व्यवस्थामा सुधार गर्ने र पुराना ऐनलाई अनुकूल बनाउने उद्देश्य राखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेका छन् । यस विधेयकले नेपालको हवाई सेवा क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउनका लागि आवश्यक कानूनी ढाँचाका बारेमा चर्चा गर्नेछ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखेका छन् । यस विधेयकले कानुन व्यवसायीहरूको पेशागत अभ्यास र परिषदको संरचनामा सुधार गर्ने उद्देश्य राखेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares