विराटनगर– नेपाली कांग्रेसका नेता शखर कोइराला समूहका नेता तथा कार्यकर्ताहरुले शुक्रबार विराटनगरमा पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशा विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसको कोशी प्रदेशको संगठन, चुनौति र समाधानका उपाय, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धीहरु, पार्टीको १५ औं महाधिवेशनको सुनिश्चितता विषयमा समेत छलफल भएको कार्यक्रममा सहभागी नेताहरुले बताएका छन् । कार्यक्रममा पार्टीको क्रियाशील सदस्यता वितरणको विषयमा नेता तथा कार्यकर्ताहरुबीच गम्भीर छलफल भएको उनले बताएका हुन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला, नेता तथा पूर्वमुख्यमन्त्री प्रदेश सांसद केदार कार्की, नेता गुरुराज घिमिरे, रामकुमार खत्री, गोबिन्द गिरीलगायतका प्रदेश सांसदहरु, पार्टीका प्रदेश महामन्त्री उमेश थापा, पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापतिलगायतका नेता तथा कार्यकर्ता र पालिकाका निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares