विराटनगर– धरान–६, पानबारीस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या आरोपमा देवर, देवरानी र नन्दसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई झापा र मोरङको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने अर्का एक व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन । घटनामा अन्यको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ ।
गत सोमबार दिउँसो चुनकुमारी उक्त वनमा मृत फेला परेकी थिइन् । धनकुटाको महालक्ष्मी नगरपालिका १ माइती भएकी उनको घाँटी र शरीरका अन्य भागमा चोट थियो । श्रीमान वैदेशिक रोजगारीमा रहेकाले उनी छोरालाई लिएर इटहरीमा बस्दै आएकी थिइन् । उनलाई फकाएर जंगलमा लगी हत्या गरिएको प्रहरीको दाबी छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares