विराटनगर– कास्की र गोरखामा आइतबार चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेका मजदुरहरूलाई चट्याङ लाग्दा संखुवासभाका सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र १८ वर्षीय महेश राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
समुद्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको त्रिवेणी ताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जना मजदुरमध्ये बाँकी सात जना सकुशल रहेको जनाइएको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली आइतबार नै घटनास्थलतर्फ गएको थियो ।
टोलीले घान्द्रुकमा बास बसेको र त्यहाँबाट घटनास्थलसम्म पैदल पाँच घण्टाभन्दा बढी लाग्ने भएकाले सोमबार दिउँसोभित्र शव ल्याउने प्रक्रिया सुरु हुने प्रहरीले बतायो । नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा त्रिवेणी ताल पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।
यसैगरी गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङमा चट्याङ लागेर ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ । आइतबार साँझ करिब साढे ७ बजे घरमै बसिरहेका बेला खनाललाई चट्याङ लागेको थियो । घाइते खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी आइतबार साँझ नै पालुङटार नगरपालिका–७, च्याङलीमा चट्याङ लागेर ५० वर्षीया सुकमाया आले र १८ वर्षीया विपना आले घाइते भएका छन् । दुवैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares