विराटनगर– एक किशोरीलाई चार वर्षदेखि यौन व्यवसायमा लगाइरहेको आरोपमा बागलुङ प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बागलुङ ढोरपाटन–१ को बुर्तिवाङ बजारबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तमानखोला–१ की ४० वर्षीया प्रितिमा विक र बुर्तिवाङमै बसन्त रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरकी सञ्चालिका मकवानपुरको कैलाश–९ की ३७ वर्षीया खिमकुमारी बोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले पीडित १६ वर्षीय किशोरीलाई ४ वर्षदेखि होटलमा राखेर यौन व्यवसाय सञ्चालन गरेको सूचना पछि कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ । छापा मारेर प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
आरोपीद्वयलाई मानवेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्र्तगत वेश्यावृत्तिमा लगाउन नहुने सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान पनि थालेको प्रहरीले जनाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares