विराटनगर — अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा सोमबार साँझ ग्यास सिलिन्डर विस्फोटपछि सुरु भएको भीषण आगलागीले ठूलो जनधनको क्षति पु¥याएको छ । करिब ६ घण्टापछि नियन्त्रणमा आएको आगोले बजारका २७ घर तथा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
स्थानीय पुष्पराज शर्माको आईएमई सेन्टरमा साँझ ७ बजेर २० मिनेटमा ग्यास सिलिन्डर विस्फोट हुँदा सुरु भएको आगो राति साढे १२ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । उनको अनुसार बजारका १० वटा ढुंगा–माटोका, १५ वटा टिनका कच्ची र २ वटा पक्की घर जलेर नष्ट भएका छन् ।
‘घरभित्र केही निकाल्न पनि भ्याएनौं,’स्थानीय व्यापारी रामप्रसाद बम भन्छन् । उनको पसल आगलागीमा पुरै जलेर नष्ट भयो । ‘बचाएको थोरै कपडामात्र छ, अरू सबै आगोमा स्वाहा भयो,’उनी भन्छन् ।
आगलागी नियन्त्रणमा ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहकार्य भए पनि कठिनाइहरू कम थिएनन् । मंगलसेन नगरपालिकाको एक मात्र दमकल प्रयोग गरिएको भए पनि साँघुरो बाटो, पानीको अभाव र पूर्वतयारीको कमजोरीले आगो फैलिन नदिने प्रयासमा बाधा पुर्याएको थियो । स्थिति थप जटिल हुन नपाउँदै सुरक्षाकर्मीहरूको सहायताले अवस्था नियन्त्रणमा लिएको थियो ।
‘दमकल आउँदा घर पूरै जलिसकेको थियो,’ भन्छिन् पीडित शान्ता धामी । उनको दुग्ध व्यवसाय सञ्चालनमा आएको दुई वर्षमै खाक भएको छ । उनी भन्छिन्,‘हामीजस्ता साना व्यवसायीका लागि त जीवन नै सखाप भए जस्तो भयो ।’
घटनापछि सहायता र उद्धारमा ढिलाइ भएको भन्दै स्थानीय युवाहरू आक्रोशित बनेका थिए । डिएसपी भण्डारीका अनुसार आक्रोशित भीडले बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउदको घरमा ढुंगामुढा गर्नुका साथै उनैमाथि आक्रमणसमेत गरेका थिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares