बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार बिहान एक युवती गोली लागेर घाइते भएकी छन् । । हाल बुटवलमा खाजा घर सञ्चालन गर्दै आएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी २९ वर्षीया टिका विष्ट क्षेत्रीमाथि अज्ञात युवकले गोली प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार मोटरसाइकलमा आएका एक युवकले बिहान करिब साढे नौ बजे टिकामाथि गोली प्रहार गरेका थिए । गोली कम्मरमाथि लागेको प्रहरीले जनाएको छ ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार टिका अविवाहित हुन् । प्रहरीले घटनास्थलबाट गोलीको एक खोका बरामद गरेको जनाएको छ ।
घटनाको कारण र दोषीको पहिचान गर्न आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले व्यक्तिगत रिसइवी वा पुरानो विवादको आशंकामा अनुसन्धान अघि बढाएको बताएको छ । स्थानीयवासीहरूले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares