काठमाडौं- ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘#ArrestGyanendra’ अभियान सुरु भएको छ। शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शाहको बारेमा पोस्ट राख्दै प्रयोगकर्ताहरूले उनलाई पक्राउ गर्न माग गरेका छन्।
तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाएका थिए। थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।
प्रदर्शनको नाममा हिंसा मच्चाएपछि आन्दोलनका मुख्य डिजाइनर भनेर पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न सर्वसाधारणले #ArrestGyanendra अभियान मार्फत सरकारलाई दबाब दिएका छन्। उनीहरूले ज्ञानेन्द्रलाई यो अपराधबाट उन्मुक्ति नदिन सरकारसँग अपिल गरेका छन्।
प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको र तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म एक सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत पक्राउ परिसकेका छन्। आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबारदेखि नै खोजी गरिरहेको छ। प्रसाईं हिजोदेखि फरार छन्।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares