विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा गम्भीर विवाद उत्पन्न भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा बीचको यो मतभेदले पार्टी दुई खेमामा विभाजित भएको छ।
अध्यक्ष लिङ्देनले पार्टीको परम्परागत एजेन्डा हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । उनको नेतृत्वमा पार्टीले यसबारे विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर महामन्त्री राणाले पूर्वपञ्च नवराज सुवेदीलाई अगाडि सारेर नयाँ आन्दोलन समिति गठन गर्न खोजेका छन् जसले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।
यो विवादको बीचमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेताहरूलाई एकजुट हुन सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देन, महामन्त्री राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ट्याग गर्दै कवितात्मक शैलीमा उनले ’जुँगाको लडाइँ’ छोड्न आग्रह गरेका छन् । उनले लेखेका छन् :
’जब जब जुट्ने समय आउँछ,
त्यहीँ जुँगाको लडाइँ सुरु हुन्छ ।
कसको जुँगा ठूलो, कसको सानो,
व्यर्थको घमण्डको खेल चल्छ ।
जुँगाको लडाइँ, छोडौँ अब,
मिलेर बाँच्ने, गरौँ प्रण सब ।
जब जब जुट्ने समय आउँछ,
प्रेमको फूल फुलाऔँ, सबलाई अँगालौँ ।
जुँगाको लडाइँ, व्यर्थको खेल,
सद्भावको गीत गाऔँ, मिलेर ।’
यस प्रकारको आन्तरिक विवादले राप्रपाको आगामी रणनीति र राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ । पार्टीभित्रको एकता र सहकार्यले मात्र यो आन्दोलनलाई सफल बनाउन सकिने विश्लेषकहरूको धारणा छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares