विराटनगर– जीवनको उत्तराद्र्धमा यति ठूलो पीडा भोग्नुपर्ला भन्ने कल्पना पनि गरेकी थिइनन् डोटीकी ८० वर्षीया काली दमाईले । बुधबार राति सायल–६ दल्लेखस्थित घरमा परेको चट्याङले बुहारी कमला दमाईको ज्यान लिँदा उनका पाँच नाति–नातिनाको एकैछिनमा बिचल्ली भएको छ ।
दुर्घटनामा घाइते बालबालिकाको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । चट्याङले आँखै अगाडि बुहारीको ज्यान लिँदै गरेको देखेकी काली अस्पतालको बेडमा स्तब्ध छिन्— कहिले मूच्र्छा पर्ने, कहिले बर्बराउने ।
मृतक कमलाका ३ महिनाका छोरा शंकर आमाको दुध नपाएर निरन्तर रोइरहेका छन् । अस्पतालले ल्याक्टोजिन दूध दिए पनि राहत छैन । अस्पतालको जनरल वार्डमा उनीहरूलाई निःशुल्क उपचार र खानाको व्यवस्था गरिएको अहेब विपना जोशीले जानकारी दिइन् ।
शिशु शंकरको हेरचाह १० वर्षीया दिदी ताराले गरिरहेकी छन् । डोटेली लवजमा उनले भनिन्, ‘भाइ रुन्छ, एकछिन चुप लाग्दैन । बुबा अहिलेसम्म आइपुगेका छैनन्, बज्यै त्यसै ढलेर बसिरहेकी छन् ।’
कमलाका श्रीमान् लहरी नागरी रोजगारीका लागि भारतमा छन् । घटना थाहा पाएपछि उनी फर्किंदै छन् तर डोटी अझै आइपुगेका छैनन् । एक्लो कमाइले पाल्न गाह्रो भए पछि श्रीमती र सन्तानलाई गत माघमा मात्रै नेपाल फर्काएका लहरीका पाँच सन्तानहरू अहिले अभिभावकविहीन भएका छन् ।
घटनापछि गाउँ शोकमा डुबेको छ । स्थानीय वडाध्यक्ष दीपक साउँदले बालबालिकाको उपचार र संरक्षणमा साथ दिने बताएका छन् । सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले मृतक परिवारलाई काजकिरिया र राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चट्याङमा परी भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरीसमेत घाइते भएकी छन्।
समाचार
सरकारबाट बाहिरिने सांसद लालवीर चौधरीको चेतावनी
द नेप्लिज संवाददातासरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares