काठमाडौं — राजसंस्था पुनःस्थापनाका लागि चलिरहेको राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूलाई नजरबन्दमा राखेको दाबी गर्दै आन्दोलनको नेतृत्व गुरुङलाई हस्तान्तरण गरेको बताएका छन् ।
आइतबार जारी प्रेस विज्ञप्तिमा सुवेदीले भनेका छन्,’सरकारले मलाई नजरबन्दमा राखेकाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ । आन्दोलनलाई निरन्तरता दिन सबै सम्बन्धित दल, संघ–संस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’
चैत ४ मा व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं राप्रपाका नेता सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले प्रसाईंलाई आन्दोलन समितिको ’कमाण्डर’ घोषणा गरेका थिए ।
तर गत शुक्रबार प्रसाईंले नेतृत्वको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु हुनुका साथै सयौं गम्भीर घाइते भएका थिए । दर्जनौँ सवारी साधनमा आगजनी भएको थियो भने व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति पुगेको थियो ।
उक्त घटनापछि प्रहरीले राजावादी नेताहरूलाई नियन्त्रणमा लिन थालेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायतका नेताहरू पक्राउ परिसकेका छन् । संयोजक सुवेदीलाई भने सरकारले भेटघाटमा प्रतिबन्ध लगाएको छ । आन्दोलनका प्रमुख पात्र दुर्गा प्रसाईं अझै फरार छन् । सरकारले हिंसात्मक आन्दोलन सह्य नहुने बताउँदै आवश्यक कारबाही अघि बढाइने चेतावनी दिएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares