सप्तरी– राजविराज नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएर निमित प्रमुख कार्यकारी अधिकृत बनाएर आर्थिक अनियमितता गर्न खोजेको भन्दै स्थानीय युवाहरूले तालाबन्दी गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहलाई सरुवा गराएर निमित्तको भरमा पालिकामा अनियमितता गर्न कार्यवाहक नगरप्रमुख इसरत प्रविनले खोजेको उनीहरूको आरोप छ। आर्थिक वर्षको अन्त्यमा कार्यवाहक नगरप्रमुख प्रविनले आफ्ना अनुकुलका निति प्रमुख प्रशासकीय अधिकृत बनाएर अनियमितता गर्न खोजेको उनीहरुको आरोप छ । सप्तरीलगायत मधेस प्रदेशका जिल्लाहरुमा निमित प्रमुख प्रशासकीय अधिकृत बनाएर नगर प्रमुखहरुले अनियमितता गर्दै आएको तथ्य सार्वजनिक हुँदै आएको बेला कार्यवाहक प्रमुख प्रविणले पनि निमितको भरमा नगरपालिका चलाउन खोजेको आन्दोलनकारीको आरोप छ ।
आर्थिक वर्षको अन्त्यमा नगरपालिकामा तालाबन्दी भएपछि कामकाज ठप्प भएको हो । यसले नगरमा सञ्चालित योजनाहरुको काम अल्पत्र पर्ने र नगरको विकासमा ठूलो धक्का लाग्ने देखिएको हो । तालाबन्दीले नगरको बजेट खर्चमा समेत ठूलो चुनौति थपिएको छ । नगरपालिकामा यसअिघ सिसिटिभी, विषादी खरिद, कर्मचारी भर्नालगायत योजना सञ्चालनमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ । आन्दोलनकारीहरुले नारा, जुलुस गर्दै नगरपरिक्रमा गरेर नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरपालिकाको चालु आवको बजेट ३५ सम्ममात्रै खर्च भएको छ ।
यसअघि, कार्यवाहक नगर प्रमुख प्रविन पक्षधर केही कर्मचारी ज्ञापन पत्र बुझाउँदै प्रमुख प्रशासकीय अधिृत साहको सरुवाको माग गरेका थिए । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समिति राजविराज नगरपालिकाकी अध्यक्ष कल्पना देवको अगुवाईमा नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष जयनारायण मण्डललाई बुझाएका थिए ।
ज्ञापनपत्रमा नगर कार्यपालिकाको कानुन सम्मत निर्णय नमान्ने र आफुखुशी स्वेच्छाचारी ढंगले काम गर्ने प्रमुख प्रशासकिय अधिकृत साह र कर्मचारीको मानसम्मानमाथी पटक÷पटक आघात पु¥याउने गरी काम गर्ने योजना शाखा प्रमुख मनोज कुमार यादवमाथी कारवाही गर्दै सरुवा गर्नु पर्ने उल्लेख छ ।
यस्तै, १५ वर्षदेखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक कुमार दासलाई कार्यपालिकाको निर्णय बिना नै एकलौटी ढंगले प्रमुख प्रशासकिय अधिकृत साहले करार सम्झौता भंग गरेको निर्णय फिर्ता लिनु पर्ने, गत आव २०८०÷०८१ मा वडा कार्यालयमा काम गरे वापत दैनिक ज्यालादारी कर्मचारीको बाँकी रहेको १६ दिनको तलब अविलम्ब भुक्तानी गर्नुपर्ने, कर्मचारीको दुर्घटना बिमाको व्यवस्था तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत बरिष्ठतम कर्मचारीलाई मात्र दिनु पर्ने लगायत ज्ञापन पत्रमार्फत माग गरेका छन् ।
नगरपालिकामा चैत २२ गते राजगढ गाउँपालिकाबाट सरुवा भई आएका इञ्जिनियरद्वय आठौँ तहका अजय यादव र छैठौँ तहका शुशिल यादवलाई हालसम्म तलव भत्तासमेत नखुवाउनुका साथै कामकाजमा नखटाई करार सेवामा कार्यरत इञ्जिनियर दासमार्फत कार्यवाहक नगर प्रमुख प्रविनले आर्थिक वर्षको अन्त्यमा मनोमानी ढंगले योजनाहरुको कामकाज गर्दै आएको नगरपालिकाको नै कर्मचारीहरुको आरोप छ । प्रविन कमिशन असुलेर भुक्तानि दिन प्रमुख प्रशासिकीय अधिकृतलाई सरुवा गराउन केही कर्मचारीलाई परिचालन गरेर ज्ञापन पत्र बुझाउन लगाएको नगरपालिकाका कर्मचारीहरु नै बताउने गरेका छन् ।
स्थायी कर्मचारी सरुवा भई आएको दिनदेखि नै सोही पदमा कार्यरत करार सेवाका कर्मचारीलाई विदा गर्नैपर्ने वाध्यात्मक कानुनी व्यवस्था रहेको छ । त्यही कानुनी व्यवस्था अनुसार इञ्जिनियर दासलाई प्रमुख प्रशासकीय अधिकृत साहले अवकास दिँदा उनलाई रौतहट जिल्ला सरुवा गराइदिएको कर्मचारीहरुको आरोप छ ।
ज्ञापन पत्र बुझाउन अगुवाइ गरेकी राजश्व शाखाकी कल्पना देवले १० लाख राजश्व हिनामिना गरेको र नेपालमा प्रतिबन्धित लामखुट्टे मार्ने ‘यूएलजी’ औषधी कमिशनको भरमा खरिद गरेर जबर्जस्ती पालिकााभरि छर्ने योजनामा प्रमुख प्रशासकीय अधिकृत साहले असहमति जनाएको र हिनामिना रकम दाखिल गर्न दवाव दिएकाले सरुवा गराएको उनीहरुको भनाइ छ ।
स्थानीय सरकार
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द
द नेप्लिज संवाददातामहानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण
द नेप्लिज संवाददाताइग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares