काठमाडौं – घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाएर इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा प्रहरीले नुवाकोट तारकेश्वर–५ का ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, तामाङले विभिन्न व्यक्तिलाई घरेलु कामको राम्रो अवसरको आश्वासन दिएर दुबई हुँदै इराक पुर्याउने गरेको खुल्न आएको छ।
इराक पुगेपछि उनीहरूलाई विभिन्न घरमा श्रम शोषणका लागि पठाइने, चरम यातना दिइने र बन्धक बनाइने घटनाहरू फेला परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares