२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी पर्वतारोहीको मृत्यु

द नेप्लिज संवाददाता
२२ वैशाख २०८२, सोमबार

किमाथांका (संखुवासभा)– विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका क्षेत्रमा पर्ने यस हिमालमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्स जेण्डर पन्काओको आइतबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिएका छन्।

पन्काओ हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु आरोहणमा सहभागी भएका थिए। तेस्रो क्याम्पमा पुगेपछि बास बस्न दोस्रो क्याम्प फर्कँदै गर्दा उनको मृत्यु भएको उनले बताए।

उनीसहित अन्य तीन विदेशी र चार नेपाली नागरिक २७ अप्रिलमा सोलुखुम्बु हुँदै संखुवासभा पुगेका थिए। पन्काओको मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब १२ दिनको पैदल दुरीमा रहेकोले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रहरीका अनुसार पन्काओसँगै रहेका अन्य फ्रान्सेली आरोहीहरू सकुशल रहेका छन्। मृतकको शव हेलिकोप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको छ।

घटनाको जानकारीलगत्तै सोमबार दिउँसो प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।भौगोलिक रूपमा विकट मानिने मकालु क्षेत्रमा यातायात र सञ्चार सुविधा अत्यन्तै कमजोर छन्, जसका कारण उद्धारमा समेत ढिलाइ हुने गरेको छ। (स्रोत : रासस)
 

प्रकाशित : २२ वैशाख २०८२, सोमबार 21:17

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved