काठमाडौं — देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। एकै दिन सुनसरी, मकवानपुर, मोरङ, बाँके, जाजरकोट, झापा र सिरहामा गरिएको प्रहरी कारबाहीमा ठूलो परिमाणको गाँजा, अफिम, ब्राउनसुगर, हेरोइन तथा नियन्त्रित औषधिहरू बरामद भएका छन्।
सुनसरी: बर्जु गाउँपालिका-३ नहरचोकबाट सोमबार राति करिब १९९ किलो ३ सय ग्राम गाँजासहित धनकुटा निवासी ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई पक्राउ परेका छन्। सितागंज प्रहरी चौकीबाट खटिएको टोलीले भीमपुरबाट अमडुवा जाँदै गरेको प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीमा सवार उनीहरूलाई गाँजा लुकाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिएको हो।
मकवानपुर: हेटौंडा उपमहानगरपालिका-११ स्थित सुकुम्बासी टोलबाट ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई अफिमजस्तो देखिने ३ किलो ८६० ग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
मोरङ: विराटनगर-१६ दरैयाबाट खैरो हेरोइन जस्तो देखिने १०.५ ग्राम लागूऔषधसहित ४७ वर्षीय अनिश क्षेत्री पक्राउ परेका छन्। उनी भारतबाट पैदल नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।
बाँके: नेपालगञ्ज-१५ जमुनाहबाट ब्राउनसुगर जस्तो देखिने २४० मिलिग्राम पदार्थसहित सुर्खेतका १८ वर्षीय किशोर पक्राउ परेका छन्।
जाजरकोट: भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट करिब २ किलो ५ सय ग्राम अफिमसहित नलगाड-३ का ५३ वर्षीय विष्णुबहादुर घर्ती पक्राउ परेका छन्। उनी बोलेरो गाडीमार्फत नेपालगञ्ज जाँदै थिए।
झापा: भद्रपुर-४ डाँगीबारीबाट ब्राउनसुगर जस्तो देखिने २.५७ ग्राम लागूऔषध र ९ वटा नाइट्राजेपाम ट्याब्लेटसहित पाँचथरका २४ वर्षीय सन्त बहादुर लामा र २२ वर्षीय मिलन परियार पक्राउ परेका छन्।
सिराहा: लहान-३ का २६ वर्षीय सुरज महतोको घरमा प्रहरीले छापा मार्दा डाइजेपाम, बुप्रेनोर्फिन, प्रोमेथाजिन, स्यामपेक्स र नाइट्राजेपामसहितका लागूऔषध बरामद गरेको छ।
प्रहरीका अनुसार सबै घटनामा लागूऔषध सम्बन्धी अनुसन्धान जारी छ। लागूऔषध कारोबार र दुरुपयोग नियन्त्रण गर्न जारी कारबाही अन्तर्गत प्रहरीले देशव्यापी निगरानी कडा बनाएको जनाएको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares