विराटनगर- सशस्त्र प्रहरी बल (एपीएफ) की इन्स्पेक्टर सन्तोषी महतको मृत्युको अनुसन्धानका लागि सहकर्मी इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ ।
आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भए पछि जोशीलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी कार्यालयले जनाएको छ ।
पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा शनिबार राति इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको थियो ।
सिन्धुपाल्चोककी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको फेला परेकी हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares