विराटनगर– सामुदायिक वन क्षेत्रभित्र अवैध उत्खनन गरिरहेको अवस्थामा वरामद गरेको टिपर र एक्जाभेटर नियन्त्रणमा लिइ वनका कर्मचारीले अनुचित लाभ लिएर छोडेको पाइएको छ । सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका सहायक वन अधिकृत आवेद हुसेनलाई बिहीबार दिउँसो गागन सामुदायिक वन क्षेत्रभित्र एक्जाभेटरले अबैध उत्खनन् भइरहेको सूचना प्राप्त भयो ।
सूचना प्राप्त भएपछि वन अधिकृत हुसेनले डिभिजन वन कार्यालय लहानका निमित प्रमुख मनोज कर्णसँग समन्वय गरी जमदार ब्रह्मदेव यादवको नेतृत्वमा थप बल बोलाएर सशसत्र प्रहरी वेस क्याम्प गोलबजारको टोलीसहित घटनास्थलमा साँझ ४ बजे पुगे । गोलबजार नगरपालिका ७ स्थित गागन सामुदायिक वन क्षेत्रभित्र एक्जाभेटरले अबैध उत्खनन गरिरहेको अवस्थामा टिपरसहित नियन्त्रणमा लिएर सब डिभिजन वन कार्यालय गोलबजार चोहर्बामा चालकसहित ल्याए । उक्त बरामद एक्जाभेटर र टिपर गोलबजारका नाम चलेका ढुंगागिट्टी व्यवसायी विजय साहको भएको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।
सहायक वन अधिकृत हुसेनले डिभिजन वन कार्यालय लहानका निमित प्रमुख कर्णको सल्लाह अनुसार ढुंगागिट्टी व्यवसायी साहसँग अनुचित लाभ लिएर चालकलाई बिहीबार राती नै छाडिदिए । बरामद एक्जाभेटर र टिपर, चालक र धनीलाई वन ऐन अनुसार मुद्दा चलाउनु पर्नेमा वन अधिकृत हुसेनले मिलेमतोमा नै ऐलानी जग्गामा उत्खनन गरिरहेको प्रतिवेदन बनाएर एक्जाभेटर र टिपर शुक्रबार जिल्ला समन्वय समिति सिरहामा बुझाइ दिए । जिल्ला समन्वय समितिले जरिबाना असुलेर टिपर र एक्जाभेटर छाडिदिए ।
सहायक वन अधिकृत हुसेनले टिपरमा ढुंगागिट्टी नभएको र एक्जाभेटरले ऐलानीमा उत्खनन गरिरहेकोले जिल्ला समन्वय समिति सिरहामा बुझाइदिएको र जिल्ला समन्वय समितिले जरिबाना असुलेर छोडेको प्रतिक्रिया दिए । ‘चालकलाई अनुरोध गरेर कार्यालयसम्म गाडि पुर्याइदिन भनेकोले यहाँसम्म गाडी ल्याइदियो । त्यसपछि चालकलाई छाडिदिएँ,’ सहायक वन अधिकृत हुसेनले भने, ‘ऐलानी जग्गाबाट बरामद भएकोले चालकलाई नियन्त्रणमा राख्नु परेन ।’ उनले यति भन्दै धेरै कुरा मोवाइलमा गर्न नमिल्ने भन्दै फोन काटिदिए ।
वन क्षेत्रभित्रबाट बरामद भएको एक्जाभेटर, टिपर, चालक र धनीलाई वन ऐन अनुसार मुद्दा चलाएर कारवाही प्रक्रिया अघि बढाउनु पर्नेमा सहायक वन अधिकृत हुसेनले अनुचित लाभ लिएर छाडिदिएको वन कार्यालयका कर्मचारीहरुले गुनासो पोखे । उनीहरुले दुःख गरेर एक्जाभेटर, गाडी, चालक पटक पटक समातेर ल्याउने गरेको तर हाकिम साहेबले छाडिदिने गरेको गुनासो पोखे । वन क्षेत्रमा अबैध उत्खनन नभएको अवस्थामा वन कार्यालयले नियन्त्रणमा लिने अधिकार पुग्दैन र त्यस्तो अवस्थामा स्थानीय तहले नियन्त्रणमा लिएर कारवाही गर्नु पर्ने हो तर हाकिम साहेबले समातेर ल्याउन भन्ने गरेको र फेरी आफै छाडिदिने गरेको वन कार्यालयका कर्मचारीहरुको गुनासो छ ।
डिभिजन वन कार्यालय लहानका निमित प्रमुख कर्णले अबैध उत्खनन भइरहेकोले थप बल मागेपछि आफूले उपलब्ध गराइदिएको र त्यसपछि नियन्त्रणमा लिएको तर वन क्षेत्रभित्र नभएकोले छोडेको सब डिभिजन वन कार्यालयका प्रमुख हुसेनले जानकारी गराएको बताए । उनले अनुचित लाभ लिएको बारे आफूलाई जानकारी नभएको र हुसेन पनि आठौं तहका अधिकृत भएकाले सबै निर्णय लिने अधिकार भएको प्रतिक्रिया दिए । उनले यो विषयमा सहायक वन अधिकृत हुसेनसँग नै थप जानकारी लिन भन्दै फोन काटिदिए ।
उक्त घटनाका बारेमा अनुचित लाभ लिएका सहायक वन अधिकृत हुसेन र निमित प्रमुख कर्ण दुबैले स्पष्ट सूचना नदिइ फो्नमा धेरै कुरा गर्न नमिल्ने भन्दै फोन काटिदिएका थिए । यसले पनि उनीहरुले अबैध धन्दा चलाइरहेको स्पष्ट हुन्छ । डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्र तालिममा गएको बेला निमित कार्यालय प्रमुख सहायक वन अधिकृत हुसेनले अबैध उत्खननलगायतलाई कमाउ धन्दा बनाएको कर्मचारीहरुको गुनासो छ । प्रमुख मिश्रले निमित प्रमुख कर्णलाई चालक, एक्जाभेटर र टिपरलगायतलाई कानुनी प्रक्रिया अनुसार कारवाही गर्न निर्देशन दिएको स्रोतको भनाइ छ । तर निमित प्रमुख कर्ण र सहायक वन अधिकृत हुसेनले मोटो रकम पाउने भएपछि प्रमुख मिश्रको निर्देशनसमेत लत्याइदिएको स्रोतको भनाइ छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares