२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

लाखौँ ठग्ने तीन जना काठमाडौँबाट पक्राउ

द नेप्लिज संवाददाता
२५ वैशाख २०८२, बिहीबार

विराटनगर– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोट विदुर–१३ का २८ वर्षीय जसमान तामाङ, काठमाडौँका ३६ वर्षीय भूपाल श्रेष्ठ र नागार्जुन–५ बस्ने स्याङ्जा गल्याङ–४ का ४८ वर्षीय मिन बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले पोल्याण्ड पठाइदिने भन्दै दुई जना पीडितबाट ५ लाख २० हजार रुपैयाँ ठगेका थिए। श्रेष्ठले क्यानडा पठाइदिने नाममा तीन जना पीडितबाट ८ लाख रुपैयाँ असुलेका थिए। थापाले पनि क्यानडा पठाइदिने भन्दै तीन जनाबाट ७५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा प्रहरीले तामाङलाई मंगलबार काठमाडौँ–१२ बाट, श्रेष्ठलाई बुधबार काठमाडौँ–२६ बाट र थापालाई सोही दिन नागार्जुन–५ बाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित : २५ वैशाख २०८२, बिहीबार 17:38

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved