२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

रासायनिक मल अभाव स्वीकार्दै मन्त्री अधिकारी : विद्युत शुल्क नघटेसम्म कृषि फड्को मार्दैन

द नेप्लिज संवाददाता
२१ वैशाख २०८२, आइतबार

विराटनगर — कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको गम्भीर अभाव रहेको स्वीकार गर्दै सरकारले प्राङ्गारिक र जैविक मलको प्रयोगलाई प्राथमिकतामा राखेर नीति अघि बढाइरहेको बताएका छन्।

सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आइतबार मन्त्री अधिकारीले देशमा वार्षिक झण्डै ११ लाख मेट्रिक टन रासायनिक मल आवश्यक भए पनि हाल उपलब्धता चार लाख टनमै सीमित रहेको जानकारी दिए। ‘खाद्य सुरक्षा कायम राख्न हामीले वैकल्पिक उपायको खोजी गर्नैपर्छ,’ मन्त्री अधिकारीले भने, ‘प्राङ्गारिक र जैविक मलको प्रयोगलाई प्राथमिकता दिँदै नीतिगत रूपमा अघि बढिरहेका छौं।’

उनले कृषि सेवाका क्षेत्रमा सिँचाइ, प्रशोधन र भण्डारणका लागि विद्युत अत्यावश्यक भए पनि शुल्क महँगो भएकाले किसानहरू थप मारमा परिरहेको उल्लेख गरे। ‘विद्युत शुल्कमा सहुलियत नदिएसम्म कृषिले फड्को मार्न सक्दैन,’ मन्त्री अधिकारीले प्रष्ट भने ।

विद्युत आपूर्ति सहज बनाउन अर्थ मन्त्रालयसँग सहकार्यमा अवरोध देखिएको मन्त्री अधिकारीको भनाइ छ। साथै कुखुराको मासु, अण्डा र मकै उत्पादनमा देश आत्मनिर्भर बन्ने चरणमा पुगेको दाबी गर्दै उनले कच्चा पदार्थ अझै विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको पनि स्वीकारे। समन्वयको कमीप्रति समेत चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र संघ सरकारबीच प्रभावकारी सहकार्यबिना कृषि क्षेत्रमा सुधार असम्भव हुने स्पष्ट पारे।
 

प्रकाशित : २१ वैशाख २०८२, आइतबार 17:01

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved