काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल न्हायान दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोबाट चार्टर्ड विमानमार्फत आएका उनी मंगलबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका शेख अब्दुल्लाहलाई स्वागत गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी विमानस्थल पुगेका थिए ।
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा बैंककमा रहेकाले श्रममन्त्री भण्डारीले युएई मन्त्रीको स्वागत गरेका हुन् । शेख अब्दुल्लाहले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।
उनीहरूलाई प्रहरी प्रधान कार्यालय अगाडि रहेको काठमाडौँको नक्सालस्थित होटल हिल्टनमा बस्ने व्यवस्था गरिएको छ । भ्रमण सम्पन्न गरी शेख अब्दुल्लाह बुधबार साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares