विराटनगर– बाँकेको डुडुवा गाउँपालिकास्थित बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि तनाव सिर्जना भएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले उक्त ट्यांकरमा आगजनी गरेका छन् भने प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा गरेका छन्। स्थिति नियन्त्रणमा लिन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैँ घटनास्थल पुगेका छन्।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार ठक्कर दिएपछि ट्यांकरका चालकलाई नियन्त्रणमा लिई बेतहनी प्रहरी चौकीमा राखिएको थियो। त्यसपछि स्थानीय झनै आक्रोशित बनेर प्रहरी चौकीमै पुगेर ढुंगा प्रहार गर्न थालेका थिए।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएलगत्तै प्रहरी घटनास्थलमा ढिलो पुगेको थियो, जसका कारण आक्रोशित भीडले ट्यांकरमा आगजनी गरिसकेका थिए। अहिले स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares