२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

पेप्सीकोलामा ६० लाखको लुटपाट : संगठित गिरोहको संलग्नता, १३ जना पक्राउ, पीडित सम्पर्कविहीन

द नेप्लिज संवाददाता
३० चैत २०८१, शनिबार

विराटनगर– संघीय राजधानी काठमाडौँको  पेप्सीकोला टाउन प्लानिङ क्षेत्रबाट ६० लाख रुपैयाँ लुटिएको घटना सार्वजनिक भएपछि संगठित अपराध नियन्त्रणमा प्रहरीको भूमिका फेरि एकपटक परीक्षणमा परेको छ । बौद्धका एक पुरुषबाट बुधबार साँझ करिब ८ बजे लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकाहरूको बयानका आधारमा हालसम्म लुटिएको रकममध्ये ३० लाख रुपैयाँ बरामद गरिएको छ । बाँकी रकमको खोजी जारी छ । तर आश्चर्यजनक रूपमा लुटपाटका मुख्य पीडित हाल सम्पर्कमै नरहेको प्रहरीले जनाएको छ ।

'घटना बुधबार साँझ भएको रहेछ, प्रारम्भिक अनुसन्धानबाट संलग्नहरूको पहिचान गरी पक्राउ गरिएको छ,'ती अधिकृतले भने, 'तर पीडित सम्पर्कविहीन छन्, जसले अनुसन्धानलाई केही चुनौतीपूर्ण बनाएको छ।'

यसअघि लुटपाटमा संलग्न समूहहरूलाई लिएर प्रहरीको निगरानी र अनुसन्धान तीव्र बनाइएको बताउँदै आए पनि यस्तो व्यापक योजनाबद्ध लुटपाटले राजधानीको सुरक्षा स्थितिप्रति गम्भीर प्रश्न उठाएको छ।

स्रोतका अनुसार, पक्राउ परेकाहरू आपसमा परिचित रहेको र घटनाको योजना पहिले नै बनाइएको देखिएको छ। अनुसन्धान अधिकृतहरूले लुटपाटमा प्रयोग भएका सवारी साधन र संचार उपकरणहरू समेत जफत गरिसकेका छन्।

हाल लुटिएको रकमको पूरै विवरण सार्वजनिक गरिएको छैन भने घटनाको विस्तृत पृष्ठभूमि, पीडितको पहिचान र लुटपाटको पूर्व तयारीबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


 

प्रकाशित : ३० चैत २०८१, शनिबार 21:35

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved