१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

चट्याङबाट एक महिलाको मृत्यु, तीन घाइते

द नेप्लिज संवाददाता
१ जेठ २०८२, बिहीबार

विराटनगर– संखुवासभाको चैनपुर नगरपालिका–८, मानेडाँडामा बुधबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।

३१ वर्षीया निर्मला तामाङको घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। हावाहुरीसँगै परेको चट्याङले गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पु¥याइएको थियो । तर त्यहीँ उनको मृत्यु भयो।

चट्याङमा १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनीहरूलाई जिल्ला अस्पताल संखुवासभा ल्याइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार संखुवासभामा पछिल्लो एक वर्षमा चट्याङ लागेर पाँचजनाको मृत्यु भइसकेको छ।

#चट्याङ

प्रकाशित : १ जेठ २०८२, बिहीबार 06:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved